Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

अनाहकमा ८४ दिन मलेसियाको जेलमा

January 13, 2026
Hari Krishna Neupane
अनाहकमा ८४ दिन मलेसियाको जेलमा

मेरो नाम वीरेन्द्र अधिकारी हो । मेरो घर बैतडी हो । सामान्य कृषक परिवारमा जन्मेकाले मेरो जीवन सानैदेखि अभावैअभावमा बित्यो । हामी परिवारमा बाबुआमासहित दुई दाजु, दुई बहिनीसहित सात जना थियौँ । सामान्य खेती किसानीको भरमा परिवारले निर्वाह गर्नु परेकाले सोचेअनुसार शिक्षा पाइएन । त्यति मात्र कहाँ हो र? दैनिकी चलाउन पनि हम्मेहम्मे थियो हामीलाई । यस्तो परिस्थितिले गर्दा नै होला, सामान्य साक्षर भएपछि पढाइ छोडेर ज्यालादारी कामतिर लागियो । दाइहरू एक जना भारत र अर्को कतार जानु भएपछि भने घरको अभावमा केही राहत मिल्यो।

पछि दाइहरूको विवाह भएपछि परिवारको संख्या थपियो । मेरो पनि विवाह भयो । झन् जिम्मेवारी बढ्दै गयो । मेरा आफ्नै दुई बच्चा जन्मिएपछि त आवश्यकता झनै बढ्दै गयो । परिवारको संख्या बढे पनि आम्दानीमा वृद्धि नभएपछि विदेश जानुको विकल्प थिएन । यत्तिकैमा कतारमा रहेका माइला दाइले पासपोर्ट बनाएर विदेश जान तयार हुन भनेपछि मैले पनि हार्न सकिनँ । दाइले हामीजस्ता कम पढेलेखेका लागि मलेसिया नै राम्रो हुने बताएपछि म मलेसिया पठाउने म्यानपावर/बिचौलियाको खोजीमा लागेँ ।

मलेसिया जान ३ लाख १५ हजार

सामान्य कामदारका रूपमा मलेसिया जान गाउँको एक जना दाइको साथ लागेर काठमाडौँ आएँ । उनीसँगै नयाँ बसपार्कको छेउमा रहेको एक होटेलमा बसियो । उनैले मलेसिया जान प्रक्रिया मिलाउने भनी सामाखुसीको एउटा म्यानपावरमा लिएर गए । म्यानपावर गएकै दिन मेडिकल गर्न पठाइयो । मेडिकल गरेको शुल्क ९ हजार ६ सय रुपैयाँ लिइयो। अनि करिब एक हप्ता त्यही दाइसँग दैनिक म्यानपावर धाएँ । अन्तर्वार्ता नै नदिई मलाई मलेसिया जान योग्य भएको बताइयो । प्रक्रिया सुरु गर्ने भन्दै केही दिन घरमै गएर पर्खिन भनियो । पासपोर्ट उनीहरूले नै राखे । भिसा आएपछि उनीहरूले बोलाउने भनेपछि म बैतडी फर्किएँ ।

करिब तीन महिनापछि म्यानपावरबाट भिसा प्राप्त भएको भन्दै फोन आयो । मलेसिया जान लाग्ने ३ लाख १५ हजारसहित सकेसम्म छिटो काठमाडौँ आउन भनियो । बुबाले कताकता गरी ऋण खोजेर म्यानपावरमा तिर्न, केही सामान किन्न र बाटो खर्च गर्न भनी तीन दिनमा पैसा जुटाउनुभयो । घरमा बाबुआमा अनि श्रीमती, दुई बच्चा र बहिनीहरूलाई छोडी घरबाट बिदा भइयो । मन उसै भारी थियो । झन् घरबाट कहिल्यै बाहिर नबसेको मान्छे विदेशमा कसरी दिन काट्ने होला भन्ने कुराले मन बेचैन थियो ।

भिसा प्रोसेस गर्न सँगै काठमाडौँ आएका दाइसँग फेरि लागियो बाटो । सुनधाराको एक होटेलमा बसियो । त्यो पहिलो रात निन्द्रा पनि परेन। भोलिपल्ट म्यानपावर गइयो । पहिले गरेको मेडिकलको म्याद सकिएको भनी फेरी मेडिकल गर्न लगाइयो। त्यसपछि भने प्रहरी रिपोर्ट, अभिमुखी तालिम अनि श्रम स्वीकृति गर्दागर्दै एक हप्ता बित्यो । म्यानपावरले मलेसिया जान ३ लाख १५ हजार नगद पैसा लियो। घरबाट हिँडेको दशौँ दिन म मलेसिया उडेँ।

कम्पनी र काम

घरको दुःखले कामका लागि मलेसिया गएको थिएँ । दुखसँग काम नगरी त सुखै थिएन । मलेसियाको जोहरबारु भन्ने ठाउँमा मलाई पुर्‍याइयो। बिस्कुट बनाउने कम्पनी रहेछ। सामान्य कामदारको रूपमा गएकोले जे काम अर्‍हायो, त्यही गर्नु मेरो बाध्यता थियो । काम कहिले दिनमा त कहिले रातमा महिना–महिना दिनको सिफ्ट थियो । कम्पनी धेरै ठुलो थिएन। जम्माजम्मी सय जना कामदार थिए होला ।

काम जसोतसो चल्दै थियो । तलब पनि समयमै दिन्थे । बस्ने सुविधा राम्रै थियो, तर खाना भने त्यति राम्रो थिएन । त्यसो हुँदा पनि गुनासो नगरीकन हामीले काम राम्रोसँग गरिरहेकै थियौँ । हामी कम्पनीमा नयाँ पुराना गरी तीस जना जति नेपाली थियौँ । दिन र रातीमा आधाआधा काम गर्थ्यौं । सुपरभाइजरचाहिं सधैँ मेरो पछि लागिरहेझैं लाग्थ्यो। कहिल्यै काम गरेको जस दिदैँनथियो ।

कहिले के कहिले के भनेर उनले मसँगको असन्तुष्टि मेनेजरसम्म पुर्‍याएछ । त्यसपछि त बिना गल्ती पनि मलाई अफिसमा बोलाएर केरकार गर्न थालियो। रातिको काम गर्दा पनि हप्तैपिच्छे दिनको समयमा एक दुई घण्टा अफिस बोलाउन थलियो । नगरेको काम पनि किन गरेको भनी थर्काउन थालियो । अरूको गल्तीलाई पनि मैलै नै गरेजस्तो गर्न थालियो । दुई वटा त वार्निङ लेटर पनि थमाए । तैपनि मैले घरको दुःख सम्झँदै काम गरिरहेँ।

अनावश्यक दबाबले तनाव

काम गर्दागर्दै मलाई अत्यन्तै कमजोर महसुस हुन थाल्यो । रातिको सिफ्टले होला, रिँगटा लाग्ने र खाना पनि नरुच्ने हुन थाल्यो । रगत पनि कम भएजस्तो लाग्न थाल्यो । सुपरभाइजरमार्फत कम्पनीलाई स्वास्थ्यमा समस्या देखिन थालेकाले समयमै उपचारमा सहयोग गर्न अनुरोध गरेँ । तर उनीहरूले सामान्य सिटामोल दिनेभन्दा केही गरेनन् । मलाई थप समस्या देखिन थाल्यो । टाउको दुख्ने अनि चक्कर लाग्ने र निन्द्रा नपर्ने हुन थाल्यो । म बिमारीकै कारण दुई दिन काममा जान सकिनँ । काम नगएको तेस्रो दिन डिसेम्बर १८, २०२३ देखि सस्पेन्स कोटीमा राख्दै मलाई हाउजिङको कोठामै राख्यो ।

इमिग्रेसनको प्रक्रिया नबुझ्दा जेल

कम्पनीको ड्राइभरले मलाई करिब ३ घण्टामा जोहरबारुबाट मलेसियाको एयरपोर्ट पुर्‍याए । एयरपोर्ट पुगेपछि ड्राइभर फर्कियो । म एक्लै भित्र छिरेँ । बोर्डिङ पास लिएर इमिग्रेसनतिर गएँ । इमिग्रेसनमा आफ्नो करार समय नसकिँदै फर्कन चाहिने स्पेसल पास वा एक्जिट पेपर मागियो, जुन मसँग थिएन । त्यसपछि प्रहरीले मलाई नियन्त्रणमा लियो ।

देवान थानाको तनावपूर्ण १७ दिन

प्रहरी थानामा मोबाइल र ब्याग सबै राखियो । बारम्बार सोधपुछ गरियो । राम्रोसँग खान र सुत्न पनि नपाइने अवस्था थियो । फोन गर्न पनि नदिने । त्यहाँ १७ दिन बस्दा १७ वर्ष बसेजस्तो भयो ।

काजाङ जेलमा ४४ दिन

पछि काजाङ जेल पठाइयो । खान बस्न अलि राम्रो थियो तर उपचार भएन । पछि नेपाली दूतावासका प्रतिनिधि आएर खोजी भएको जानकारी दिए । घर फर्काउने प्रक्रिया सुरु भयो ।

सोनिया जेलमा २३ दिन

त्यसपछि डिपोर्टेसन जेलमा लगियो । कागजी प्रक्रिया पूरा गरी टिकट काटियो । मार्च २०, २०२४ मा नेपाल फर्काइयो ।

नेपाल फर्किएपछि परिवारसँग भेट भयो । उपचार जारी छ । जेल बसाइको अनुभवले अझै मानसिक असर छ । विदेश जाँदा नियम र कानुन राम्रोसँग बुझेर मात्र जान सबैलाई अनुरोध छ ।

Related Story and Articles

Trap: When 'Two Years' Become Decades

Trap: When 'Two Years' Become Decades

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

मैलो श्रमिक, सुकिलो श्रमिक

मैलो श्रमिक, सुकिलो श्रमिक

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.