Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

मे १: १३९ वर्षअघिको आन्दोलनको सम्झना

January 13, 2026
Shramik Sanjal
मे १: १३९ वर्षअघिको आन्दोलनको सम्झना

१९औँ शताव्दिताका युरोप र अमेरिकामा औद्योगिकरण फस्टाउँदै थियो, त्यसले कतिपय श्रमिकलाई जागीर दिलाएको थियो, तर नाफाखोर मालिकहरू मजदुरूलाई मेसिनझैं दलाई कम पारिश्रमिक दिन चाहन्थे। तिनलाई मजदुरको आराम, निन्द्रा र भोकसँग उति चासो थिएन। आजका कतिपय उदार पुँजीपतिहरूझैं मजदुरलाई आराम दिए तिनले झनै धेरै उत्पादकत्व बढाउँछन् र गुणस्तरीय काम गर्छन् भन्ने कुरा जान्दैनथे या ख्याल गर्दैनथे। राज्यले पनि यसबारे कुनै नियमन गरेका थिएनन्। उतिखेर राज्य नै कति सभ्य र सुसंस्कृत थिए र? राज्य पनि त्यही समयको प्रतिविम्व भएकाले मजदुरको सम्मानित र स्वस्थ्य जीवनबारे उसलाई चासो थिएन।

तर मारमा परेका मजदुरहरूले यसबारे आवाज उठाउन थाले। यसअघि मजदुरहरूलाई दैनिक १२ देखि १८ घण्टासम्म काममा जोत्ने निर्दयी अभ्यास थियो। आफू र आफ्ना बालबच्चाको पेट पाल्न मजदुरहरू मालिकका जस्तासुकै आदेश मान्न तयार हुन्थे। आफूहरूलाई मेसिनझैं व्यवहार गरिएकोमा आक्रोश जनाउँदै मजदुरहरू अब एकिकृत र संगठित हुन थाले। र, त्यसको केन्द्रमा मजदुरहरूलाई दिनको ८ घण्टाभन्दा बढी काममा लगाउन नपाउने मूख्य माग थियो।

उसो त बेलायतमा १८१७ मा त्यहाँका समाज सुधारक तथा व्यापारी रोबर्ट ओवेनले "आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन" को माग गरिसकेका थिए। अमेरिकी श्रमिक आन्दोलनहरू प्रभावशाली हुँदै जाँदा मात्र उनको सो नारा व्यवहारिक रूपमा कार्यान्वयन भयो। 

फलस्वरूप मे १, १८८६ मा मजदुरहरूले अमेरिकाको सिकागो शहरमा विशाल प्रदर्शन गरे। प्रदर्शनको तेस्रो दिन प्रहरीको हस्तक्षेपमा एक जना श्रमिक प्रदर्शनकारी मारिए। त्यस हत्याबिरूद्ध ४ तारिकमा अमेरिकाको सिकागोको हेमार्केटमा हजारौं मजदुरहरू जम्मा भई प्रदर्शन गर्न थाले। प्रदर्शन सकिँदै गर्दा भीडबाट कसैले बम फ्याँक्यो। प्रतिकारस्वरूप अब प्रहरीले मनलाग्दी बन्दुक पड्काउँदा उति ८ जना जति प्रदर्शनकारी र सर्वसाधारण मारिए। उत्ति नै संख्यामा सुरक्षाकर्मी मारिए। दर्जनौं प्रदर्शनकारी घाइते भए।

"हेमार्केट हत्याकाण्डले आप्रवासी र श्रमिक नेताहरूविरुद्ध व्यापक त्रास सिर्जना भयो। तर यही घटनापछि अमेरिकामात्र नभई अन्यत्र पनि श्रमिक अधिकारका पक्षमा बहसहरू हुन थाले।

हेमार्केट हत्याकाण्डले संयुक्त राज्य अमेरिकाको श्रमिक आन्दोलनमा लामो समयसम्म प्रभाव पार्‍यो। उस समयको सबैभन्दा ठूलो र सफल श्रमिक संघ संगठन नाइट्स अफ लेबर (Knights of Labour–केओएल) लाई यस घटनाको जिम्मेवार ठहराइएको थियो। केओएलले पनि ८ घण्टा कार्यदिनको माग गरेको थियो। हेमार्केटको त्रासदीले श्रमिक नेता, वामपन्थी कार्यकर्ता र कलाकारहरूको पुस्तालाई प्रेरित गर्यो। आज संसारका सबैसजो सभ्य, लोकतान्त्रिक र औद्योगिक मुलुकहरू श्रमिकहरूको आधारतभूत अधिकारहरू स्विकार्न वाध्य छन्।

१३९ वर्षअघि भएको सो न्यायको आन्दोलनलाई सम्झिएर अझै स्थापित हुन बाँकी अधिकारका लागि आफ्नो सरकार, आफ्ना मालिक, आफ्ना संगठन र कार्यस्थलसँग मे १ कै सन्दर्भमा मजदुरहरू भेला हुन्छन्। आफ्ना मागहरू राख्छन्। प्रदर्शन गर्छन्।  

मे १ लाई विश्वव्यापी रूपमा अचेल मे दिवस वा अन्तर्राष्ट्रीय श्रमिक दिवस भनिन्छ, मनाइन्छ। श्रमिक तथा मजदुर वर्गले राज्यको सामाजिक र आर्थिक विकासमा पुर्‍याएको महत्वपूर्ण योगदानको सम्मानस्वरूप, यस दिनलाई श्रमिकहरूको विशेष उत्सव/दिनका रूपमा मनाइने गरेको हो।आराम, विश्राम, उचित पारिश्रमिक र पारिश्रमिक, समयमै तलब, राम्रो आवास, पोषिलो खाना, कार्यस्थलको सुरक्षा, तथा सामाजिक सुरक्षामा पहुँचलगायत श्रमिक हक-अधिकार सुनिश्चितका मुद्धा यस दिन र आसपास प्राथमिकताका साथ उठाइन्छ। साथै, श्रमिक आन्दोलनलाई अग्रपंक्तिमा ल्याउने उद्देश्यले पनि यस दिनलाई विशेष महत्व दिइन्छ।

श्रम आन्दोलनको सम्मान र विश्वभरका श्रमिकहरूको योगदान, बलिदान र अधिकारलाई मान्यता दिने तिथी हो मे दिवस। कतिपय कार्यस्थल, कार्यालय र फ्याक्ट्रीहरूमा आजको दिनसम्म पनि कार्यान्वयन हुन बाँकी रहेका उचित पारिश्रमिक, सुरक्षित काम गर्ने व्यवस्था र सम्मानजनक व्यवहारका मागहरूलाई यस दिनले सम्झाउँछ, झक्झकाउँछ। अमेरिकाको सिकागोमै भएका श्रमिक विद्रोहसँगै संसारका अन्य धेरै ऐतिहासिक श्रमिक संघर्षहरूको समेत यसले सम्झना गराउँछ।

आप्रवासीको सन्दर्भमा मे १ र श्रमिक सञ्जाल

श्रमिकहरूको लागि मे दिवसले ठूलो अर्थ राख्छ। यसले आप्रवासी श्रमिकहरूको अधिकारको संरक्षण गर्ने, निष्पक्ष र निःशुल्क रूपमा 'जब जोइन'(भर्ती) सुनिश्चित गर्ने, श्रमशोषणको अन्त्य गर्ने, राज्यको अर्थतन्त्र र समाजमा श्रमिकहरूले ल्याउने मूल्यलाई पहिचान गर्नेजस्ता विषयहरू समेट्छ।

यस ऐतिहासिक दिनमा हामी विश्वभरका श्रमिकहरूको संघर्ष, योगदान र साहसको सम्मान गर्छौ। मे दिवस केवल एक उत्सव मात्र नभएर यो आज हामी श्रमिकले उपभोग गर्ने अधिकारहरूको लागि गरिएका सबै बलिदानहरूको सम्झना हो। साथै, श्रमिकहरूको हक, अधिकार, न्याय र समानताको लागि आवाज उठाउन थालिएको एक वार्षिक पर्व र अभियान हो।

ऐतिहासिक आन्दोलनको १३९ वर्ष पुगिसक्दा पनि विश्वका अनेकन् ठाउँ र त्यहाँका कार्यस्थहरूमा श्रमिक, मजदुरहरूको अवस्था नाजुक नै छ। मालिकहरू श्रमृद्ध हुँदे जाँदा कतिपय ठाउँमा मजदुरहरू अझै विपन्न छन्।

लाखौँ आप्रबासी श्रमिक, त्यमसा पनि विशेषगरी महिला श्रमिकहरू शोषण र असुरक्षित अवस्थामा छन्। पारिश्रमिक मा ठगी र लैंगिक भेदभावको सामना गरिरहेका छन्। धेरै श्रमिकलाई आराम, निष्पक्ष सम्झौता र अभिव्यत्ति स्वतन्त्रता जस्ता आधारभूत अधिकारबाट अझै बन्चित गरिएको छ। श्रमिक सञ्जाल सदस्यहरूको रूपमा, हामी आप्रवासी श्रमिकहरू सबै श्रमिकहरूको हक, अधिकार, समानता र न्यायको निम्ति आवाज उठाउँदै आएका छौँ। प्रवासमा रहेर निर्माण स्थल, घर,  कारखाना वा कार्यालयहरूमा काम गर्ने जोसुकैको लागि हामी अनौपचारिक रूपमा पाँच वर्ष र औपचारिक रूपमा चार वर्षयता निम्न विषयमा निरन्तर आवाज उठाउँदै आएका छौँ।

श्रमिक अधिकारबारे जागरूकता बढाउने, एकता निर्माण गर्ने र हातमा हात मिलाई काम गर्ने हाम्रो प्रतिबद्धतालाई आत्मसात गरी अघि बढिरहेका छौँ। आप्रवासी श्रमिकको सम्मान र मानवताका साथ व्यवहार गर्ने भविष्य  सिर्जना गर्नु हाम्रो उदेश्य हो। कार्यस्थलमा अझै पनि श्रमिकलाई लामो समयसम्म काममा लादिन्छ। अव्यवस्थित आवास, समयमै पारिश्रमिक नपाउने, पारिश्रमिकमा ठगि, अनियमितता, यौन दुर्व्यवहार, बिरामी हुँदा समयमै उपचार नपाउने समस्या र सामाजिक सुरक्षाको अभाव कतिपय आप्रवासी श्रमिकको समस्या हो। यस्ता र अन्य गम्भीर मुद्दामा हामी तत्काल सम्बन्धित निकायमाझ पुग्छौंर तिनलाई झक्झक्याउँछौं।

  • नेपाली आप्रवासी श्रमिकको निष्पक्ष, नैतिक र नि: शुल्क भर्तीकोवकालत र प्रवर्द्धन गर्ने
  • नेपाली आप्रवासी श्रमिकको कार्यस्थल तथा आवास सुरक्षित, मर्यादित र ब्यबस्थित आवस्थाको सुनिश्चित गर्न वकालत गर्ने
  • महिला आप्रवासी श्रमिक लाई हिंसा र दुर्व्यवहारबाट सुरक्षा, संरक्षणको सुनिश्चिततको वकालत गर्ने
  • नेपाली आप्रवासी  श्रमिकको न्यायमा पहुँच र गुनासो राख्ने  संयन्त्रतथा प्रणाली ब्यबस्थ हुनु पर्ने कुराको माग तथा वकालत गर्ने
  • सुरक्षित, नियमित र व्यवस्थित आप्रबशनको   वकालत तथा प्रवर्द्धनगर्ने

सरकार, रोजगारदाता, भर्ति एजेन्सी र अन्तराष्ट्रीय सरोकारवालाहरूले आप्रवासी श्रमिकको आवाज सुनुन्, श्रमिकको अधिकार र हित केन्द्रित बलियो श्रम कानून, कार्यान्वयन संयन्त्र र प्रणाली निर्माण गरून् भन्ने ध्येयका साथ हामी आवाज उठाउँछौं।

मध्यपूर्वका राष्ट्रहरू अन्य राष्ट्रको तुलनामा दूरीमा नजिक र तुलनात्मक रूपमा नेपालभन्दा बढी पारिश्रमिक  प्रदान गर्ने मुलुक भएका कारण विशेषगरी निर्माण, घरेलु काम, सुरक्षा सेवा र उत्पादनजस्ता क्षेत्रमा वर्षेनी हजारौँ नेपाली युवा त्यसतर्फ जाने गरेका छन्। यी देशमा कम आय हुने क्षेत्रमा  श्रमिकको माग पनि उच्च छ, जुन धेरै नेपाली श्रमिकको सीपसँग मेल खान्छ। फलस्वरूप, श्रम आप्रवासन नेपालीका लागि परिवारलाई सहयोग, बालबच्चाको भविष्य निर्माण र आर्थिक अवस्था सुधारका निम्ति सबैभन्दा मूख्य विकल्प बनेको छ।

यस्तो परिस्थितिमा, नेपाल सरकार र गन्तव्य देशहरूले श्रम सुरक्षालाई सुदृढ़ पार्नुपर्छ। नैतिक, निष्पक्ष भर्ति (एथिकल हाइरिङ) सुनिश्चित गर्न, पारदर्शि श्रम सम्झौता प्रवर्द्धन गर्न र सबै श्रमिकको मर्यादा र अधिकार कायम राख्न दिगो प्रयास आवश्यक छन्।अन्याय र शोषणमा परेका श्रमिकको लागि उचित पारिश्रमिक, सुरक्षित काम गर्ने अवस्था र न्याय सुनिश्चित गर्न नेपाली दूतावासहरूमार्फत कूटनीतिक दबाबलाई नेपाल सरकारले बलियो बनाउनुपर्छ। शून्य-लागत भर्ती नीती लागू गर्दै गन्तव्य मूलुकहरूमा कानुनी सहयाता, परामर्श र हेल्पलाइन सेवाहरू विस्तारसँगै अनुगमन संयन्त्र स्थापना गर्नुपर्छ। त्यसो गर्न सके आप्रवासीश्रमिकहरू माथि हुने दुर्व्यवहार र शोषण कम हुनेछ। विदेशीस्थित हाम्रा दूतावासले आफ्ना आप्रवासी श्रमिकको त्याग र मेहनतको सम्मान गर्न, श्रमिक हक, अधिकार र न्यायको निम्ति श्रमिक सचेतना अभियानहरू संचालन गर्नुपर्छ। परदेशमा रहेर काम गर्ने प्रत्येक श्रमिकको मर्यादा, सुरक्षा र न्यायको ग्यारेन्टी गर्न नीतीगत सुधारहरूका लागि प्रतिबद्ध हुनुपर्छ।

नेपालभित्र सीमित रोजगारीका अवसर नै मूल रूपमा वैदेशिक रोजगारीको कारण हो। स्थानीय स्तरमै राम्रो सेवा सुविधा र अवसर पाउन नसकेका कारण धेरै नेपाली युवा वैदेशिक रोजगारीमा जान वाध्य छन्। नेपालमा म्यानपावर एजेन्सी (भर्ती एजेन्सी) हरूले पनि सक्रिय रूपमा वैदेशिक रोजगारीलाई प्रवर्द्धन गरेको छ। तीमध्ये कतिले विदेश जानुपूर्व युवामाझ भ्रामक वाचा, झूटो प्रतिज्ञा गर्ने हुँदा पनि  वैदेशिक रोजगारीलाई बढावा दिएको छ। यसबाहेक, रेमिट्यान्समा नेपाल सरकार धेरै निर्भर भएका कारण - राष्ट्रीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। त्यसैले वैदेशिक रोजगारीलाई प्रायः सरकार र आम जनता दुबैले प्रोत्साहन गर्छन् र वैदेशिक रोजगारीलाई नै प्रमुख आर्थिक समस्या समाधानको पाटोको रूपमा लिएका छन्।

नेपाली आप्रवासी श्रमिकहरूको अधिकार, गन्तव्य देशका कानून, विधि र संस्कृति बुझाउने  काममा लागिपरेको श्रमिकहरूकै सञ्जाल हो श्रमिक सञ्जाल। विदेश पुगेपछि कार्यस्थलदेखि सडकसम्म आइपर्ने जटिलता हल गर्ने हाम्रो ध्येय हुनेगर्छ। श्रमिकहरूको भिसा, अध्यागमनदेखि अन्य कानुनी विषयमा पनि हामी सचेततापूर्वक स्वयंसेवा गर्ने प्रयास गर्छौं।

श्रमिकहरूको महाउत्सव-मे दिवसमा संसारका सबै संरचना-सेवा निर्माण र संचालन गर्ने संसारका सबै श्रमिकहरूलाई  शुभकामना।

Related Story and Articles

Trap: When 'Two Years' Become Decades

Trap: When 'Two Years' Become Decades

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

मैलो श्रमिक, सुकिलो श्रमिक

मैलो श्रमिक, सुकिलो श्रमिक

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.